२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कति घट्यो सुनको भाउ ?

आइतवार , पौष ६, २०८२

काठमाडौं । आइतबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको हो ।

अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।

आज सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो । महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट