२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपिआइ नारायणी अस्पताल आईपीओमा जाँदै, साधारण शेयर बिक्री गर्ने

सोमवार , पौष ७, २०८२

काठमाडौं । एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।

कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी तीन अर्ब ५० करोड रहेको सो अस्पतालले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने जनाएको छ । संस्थापक समूहअन्तर्गत ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैय्या क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको अस्पतालका लागि थप पुँजीको व्यवस्था गर्न कम्पनीले सार्वजनिक निष्काशन गर्न लागेको कम्पनीका सञ्चालक चुडामणि खनालले जानकारी दिए।

सम्झौतामा अस्पतालका तर्फबाट कम्पनीका सञ्चालक खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ