२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

सोमवार , पौष ७, २०८२

काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशिला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ।

२१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे केन्द्रित हुने उक्त छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो एक बजे सुरु हुने छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, छलफलमा राजनीतिक दलका नेतासहित सुरक्षा निकायका प्रतिनिधि पनि सहभागी हुनेछन्।

आयोगले हालसम्मको निर्वाचन तयारीबारे जानकारी दिने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार