२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रास्वपाको आक्रामक घरदैलो अभियानः समानुपातिक उम्मेदवार पुगे टोल–टोलमा

सोमवार , पौष ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी संघीय संसद् चुनावका लागि समानुपातिक सांसद छनोट प्रक्रिया तीव्र बनाउँदै आक्रामक घरदैलो अभियान सञ्चालन गरेको छ। ११० जनाको बन्द सूची बुझाउने समय नजिकिँदै जाँदा रास्वपाले ‘जान्नेलाई छान्ने’ मूल नारासहित प्रतिस्पर्धी दलभन्दा अघि बढेर छनोटका विभिन्न चरणहरू अगाडि बढाएको हो। पार्टीले यसअघि मोबाइल एपमार्फत उम्मेदवार आह्वान गरेको थियो भने आवेदनपछि पुष ५ गते सातै प्रदेशमा छलफल आयोजना गरिएको थियो।

त्यसको निरन्तरताका रूपमा पुष ६ र ७ का लागि देशभर घरदैलो कार्यक्रम गरेको छ । बागमती प्रदेशबाट उम्मेदवारी दिएका ९४ सदस्यलाई २५ समूहमा विभाजन गरी काठमाडौं उपत्यकाका तीनै जिल्लाका विभिन्न वडामा खटाइएको थियो।

घरदैलोमा पार्टीका केन्द्रीय पदाधिकारीदेखि प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता सक्रिय देखिन्थे, जहाँ पार्टीका नीति, दृष्टिकोण र चुनावी एजेन्डाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो।

घरदैलोका क्रममा केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, रास्वपामा हालै एकीकरण बाट आएका नेतृ समीक्षा बास्कोटा र रञ्जु दर्शना, बागमती प्रदेश समिति सचिवालय सदस्य शिव थापा, ललितपुरा जिल्ला उपसभापति प्रभा कार्की लगायतका प्रस्तावित उम्मेदवारहरू गोकर्णेश्वर नगरापालिकाका विभिन्न टोल–टोलमा भेटिएका थिए।

यस कार्यमा गोकर्णेश्वर पार्टि सभापति भागवत देवकोटा देखि अन्य नेता कार्यकर्ताले सहजीकरण गरिरहेका थिए । पार्टीले घरदैलोपछि उम्मेदवारहरूलाई आफ्ना एजेन्डा प्रस्तुत गर्ने अवसर दिने, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र प्राइमरी इलेक्सनजस्ता चरणमार्फत सक्षम, योग्य र जनसमर्थन प्राप्त उम्मेदवार छनोट गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार