काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् ।
आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँग छलपल गर्दै महामन्त्री थापाले आफू सहभापतिमा लड्ने घोषणा गरेका हुन् । उनले आफू सभापति बन्ने दाबी समेत गरे । ‘म अहिले पार्टीको सभापतिको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु’, उनले भने ।
थापाले महाधिवेशन सम्पन्न नगरी फागुन २१ को चुनावमा कांग्रेस जान नसक्ने भन्दै विशेष महाधिवेशनमार्फत समस्या समाधान आवश्यक भएको बताए। उनले आफ्नो निर्वाचन क्षेत्रलाई पार्टीको शक्ति बनाउँदै, पहिलो चरणमै महाधिवेशन टुंग्याउन सहयोगको अपिल गरे।
त्यसैगरी, संविधानको कार्यान्वयनका लागि फागुन २१ को चुनाव आवश्यक रहेको र चुनाव नहुँदा मुलुक ठूलो अनिश्चिततामा जाने उनले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस