२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा (नेपाली समय १० : ५० बजे) सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट