२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुदूरको कथामा म्युजिक भिडियो 'माया मर्दैन' सार्वजनिक

सोमवार , पौष ७, २०८२

काठमाडाैं । एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो "माया गर्दैन" सार्वजनिक भएको छ ।

गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ ।

हजारौं सफल म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका प्रसिद्ध मोडल सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो "माया मर्दैन" आफ्नो लागि विशेष महत्व बोकेको म्युजिक भिडियो रहेको बताए । मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगर पालिका–३ सालगाउँमै छायांकन गरिएको उक्त म्युजिक भिडियोमा मोडल स्वयं कठायतसँगै बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अङ्कल गणेश कठायत, आन्टी नन्दादेवी कठायत लगायत भाइ कैलाश कठायतलाई समेत म्युजिक भिडियोमा देख्न सकिन्छ ।

निर्देशक जनक सिंहको परिकल्पनामा निर्मित उक्त म्युजिक भिडियोमा दिपक गिरि, गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन तथा कैलाश कठायतको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा मेलिना राइ र चक्रन जलको स्वर तथा सागर बास्तोलाको शब्द तथा गायक स्वयंकै संगीत रहेको छ ।

एभरेष्ट ग्यालरीको प्रविधिमैत्री प्रचारप्रसारको राष्ट्रिय अभियान दृश्यमा नेपाल अन्तर्गत सुदूरपश्चिम प्रदेशको सामाजिक जनजीवनको एक अंश म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । सार्वजनिक म्युजिक भिडियोले छोटो समयमै अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकहरु माया बटुल्न सफल भएको छ ।

https://youtu.be/gnZ4byJ832o

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ