२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फिल्म 'बिगुल’ को शीर्ष गीत 'मरुभूमिमा पानीजस्तै' सार्वजनिक

मंगलवार , पौष ८, २०८२

काठमाडौं । सामाजिक, राजनीतिक बिषयमा आधारित फिल्म ञबिगुल’ मा समावेश शीर्ष गीत 'मरुभूमिमा पानीजस्तै...' सोमबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

माघ ९ गतेदेखि प्रदर्शनमा आउन तयार ‘बिगुल’ को गीतमा युवराज चौलागाई र अनु चौधरीले स्वर दिएका छन् । बेनिशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकै खाले बिषयका थुप्रै फिल्म आइरहेको अवस्थामा ‘बिगुल’ ले भने राजनीति, परिवार, समाज, सम्बन्ध अनि मनोरञ्जनको समिश्रण गरी कथा बुनेको छ देखिन्छ । फर्स्टलुक र टिजरबाट दर्शकको ध्यान तान्न तयार फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानर कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको पटकथा–संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको फिल्मको वितरण काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ