२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खोटाङमा ११२ आयोजना ठेक्का आह्वान, १६४ आयोजनाका लागि बजेट स्वीकृत

बुधवार , पौष ९, २०८२

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ११२ आयोजना ठेक्का आह्वान गरेको छ। कोशी प्रदेश सरकारले स्वीकृत गरेको कुल ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए।

दाहालका अनुसार, “जग्गाको स्वामित्व नरहेको वा स्थानीय विवाद रहेका आयोजनाको ठेक्का आह्वान अझै बाँकी छ। ती आयोजनाको प्रक्रिया पनि चाँडै अगाडि बढाइनेछ।”

खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिकामा १६४ वटा आयोजना छन्, जसको कुल बजेट एक अर्बभन्दा बढी छ। ती आयोजनामा सडक कालोपत्र, सडक विस्तार, स्तरोन्नति, मोटरेबल पक्की पुल, झोलुङ्गे पुल, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणसमेत छन्।

भौतिक पूर्वाधार कार्यालयले ठेक्का आह्वानपछि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता प्रक्रिया अगाडि बढाएको छ। कार्यालयका अनुसार, गत कात्तिक २ देखि पुस ३ गतेसम्म ११२ वटा आयोजनाका लागि ठेक्का आह्वान भएपछि निर्माण कम्पनीहरूले सम्झौता प्रक्रिया छिटो सम्पन्न गरेका छन्।

कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री तथा खोटाङ क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्य भूपेन्द्र राईले पहिलोपटक जिल्लाका सबै स्थानीय तह समेटेर करिब एक अर्ब बढीको बजेट विनियोजन गरेका हुन्। यसअघि जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट उपलब्ध गराइएको भन्दै स्थानीयवासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मन्त्री राईलाई धन्यवाद र सुझाव दिएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयको “रातो किताब” अनुसार, जिल्लामा सबैभन्दा ठूलो बजेट रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि १० करोड विनियोजित भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ