२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बाल शल्य चिकित्सक संघको अध्यक्षमा प्रा. थापा, महासचिवमा डा. कोइराला चयन

शनिवार , पौष १२, २०८२

काठमाडौं । बाल शल्य चिकित्सक संघ नेपालले आगामी दुई वर्षका लागि सर्वसम्मत नयाँ कार्यकारी समिति गठन गरेको छ।

संघको अध्यक्षमा प्रा. बिजय थापा चयन भएका छन्। उपाध्यक्षमा डा. नृपेस राज भण्डारी रहेका छन् भने महासचिवमा डा. दिनेश प्रसाद कोइराला र सचिवमा डा. जसमिन बज्राचार्य चयन भएका छन्।

त्यसैगरी, कोषाध्यक्षमा डा. बाल मुकुन्द बस्नेत र सह-कोषाध्यक्षमा डा. शिरीष सिलवाल रहेका छन्। कार्यकारी समितिका सदस्यहरुमा डा. अनु महाराजन, डा. सुलोचना दाहाल, डा. हिरा मणि पाठक र डा. निशान्त सिंह रहेका छन्। प्रा. रामेश्वर प्रसाद पोखरेल निबर्तमान अध्यक्षको रूपमा संघलाई सहयोग गर्नेछन्।

अध्यक्ष प्रा. थापाले पदभार ग्रहण गर्दै भने, “हाम्रो प्राथमिकता बाल शल्य सेवा सबै क्षेत्रसम्म पुर्‍याउने, प्रशिक्षण अवसर बढाउने र राष्ट्रिय स्तरमा बालमैत्री शल्य नीतिहरू प्रवर्द्धन गर्ने हुनेछ।”

महासचिव डा. कोइरालाले निरन्तर चिकित्सा शिक्षा, अनुसन्धान, र बाल शल्य चिकित्सकहरू बीच सहकार्य बढाएर बाल स्वास्थ्य सेवाको गुणस्तर सुधार्ने लक्ष्यमा अघि बढ्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ