२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा.निकोलस भुसालको जीवन रक्षा गर्न चिकित्सक संघको माग

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।

बिगत सात दिनदेखि आमरण अनसनमा रहेका भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ । भुसालको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको संघले उल्लेख गरेको छ ।

हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न जोडदार माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।

जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगाएतका माग राख्दै डा भुसाल अनसनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ