२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य क्षेत्रमा नयाँ पहिचानका लागि गुणस्तरीय सेवा र दक्ष जनशक्ति अपरिहार्य: पोषक राज पौडेल

शुक्रवार , पौष १८, २०८२

चितवन । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हाइपोटेन्सन र डाइबेटिजजस्ता दीर्घरोगबाट पीडित बिरामीहरूले बीमा दाबी गर्ने दर सबैभन्दा उच्च रहेको बताएका छन्। दीर्घकालीन रोगको बढ्दो प्रभावले बीमा क्षेत्रमा समेत चुनौती थपिएको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाको सहकार्यमा सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ कार्यक्रममा बोल्दै पौडेलले नेपालमा अझै पनि स्वास्थ्य विषय धेरैको प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे। रोग लागेपछि मात्रै उपचारतर्फ ध्यान दिने प्रवृत्तिका कारण आर्थिक र सामाजिक भार बढिरहेको उनले बताए।

उनका अनुसार चितवन, विशेषतः भरतपुर पछिल्ला वर्षहरूमा मेडिकल हबका रूपमा तीव्र रूपमा विकास हुँदै गएको छ। बिपी कोइराला क्यान्सर अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पतालहरूको उपस्थितिले भरतपुरलाई देशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा उभ्याएको उनले उल्लेख गरे।

तर केवल संरचना र पहुँच मात्र पर्याप्त नहुने बताउँदै पौडेलले गुणस्तरीय सेवा, दक्ष जनशक्ति र विश्वासयोग्य उपचार प्रणालीमार्फत पहिचान बनाउन आवश्यक रहेको धारणा राखे। स्वास्थ्य सेवामा गुणस्तर सुनिश्चित नगरेसम्म दीर्घकालीन विकास सम्भव नहुने उनको भनाइ थियो।

पौडेलले ‘भरतपुर कन्क्लेभ’ जस्ता बहस र संवाद कार्यक्रमले स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे साझा समझ बनाउने भन्दै यसले नीतिगत सुधार र व्यवहारिक समाधानतर्फ मार्गप्रशस्त गर्ने कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आज चितवनको भरतपुरमा ‘भरतपुर कन्क्लेभ’ को आयोजना गरेको हो । भरतपुरस्थित होटल सिराइचुलीमा भएको उक्त कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ । तीन वटा प्यानलमा विभाजित कार्यक्रममा भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ