२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो

सोमवार , पौष २१, २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।

आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ०५, विकास बैंक समूह दुई दशमलव ७० र होटल तथा पर्यटन समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ६७, वित्त शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ४९, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव २५, लघुवित्त शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ५७, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव शून्य दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रीटेक एन्डस्ट्रीज लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर दुई दशमलव ४९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको रु ३८ करोड ६९ लाख ५० हजार ३४७ बराबरको छ लाख २२ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ