logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • १८ करोड लोन लिएर अजयले किने आलिशान बंगला

    १८ करोड लोन लिएर अजयले किने आलिशान बंगला

    6.2K
    Shares

    एजेन्सी । बलिउड कलाकारहरु सम्पत्तिमा लगानी गर्न निकौ रुचाउँछन् । बलिउडमा आ–आफ्नो घर, बंगला जोड्नका लागि प्रतिस्पर्धा जस्तै देखिन्छ । ‘सिंघम’ उपनामले चर्चित अभिनेता अजय देवगनले पनि हालै एक आलिशान बंगला किनेका छन् । 

    मुम्बईको जुहुमा रहेको बंगलालाई उनले लगभग ४८ करोड भारतीय रुपैँया लगानी गरेका छन् । उनले यो बंगला आफ्नी आमा वीना विरेन्द्र देवगनको नाम गरेका छन् । यो घर उनको पुराने घर शिव शक्तिको नजिक नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
    मनी कन्ट्रोल वेबसाइट अनुसार यो बंगला किन्नका लागि अजयले लगभग १९ करोड ऋण लिएका छन् । उनले यो घर अप्रिल २७ तारिखमा किनेका हुन् ।

    अजय विगत एक बर्षदेखि नयाँ घरको खोजीमा थिए । अजयले यो घरको साजसज्जाको काम समेत सुरु गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend