काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ बार्षिक सााधारण शुक्रवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०–८१ तथा आर्थिक बर्ष २०८१–८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०–८१ तथा आर्थिक बर्ष २०८१–८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन पारित गरिएको थियो ।

उक्त साधारण सभाबाट लेखापरिक्षकको नियूक्ति, कम्पनीको आर्थिक बर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.५,०३१,२३२,००० (अक्षरुपी: पाँच अर्ब तिन करोड बाह्र लाख बतीस हजार मात्र) को ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो ।
उक्त साधारण सभामा संचालक किरण केसीबाट धन्यवाद ज्ञापन गरिएको थियो । उक्त सभा कम्पनी सचिव बिनोद शर्मा पौडेलले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस