२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

७०औँ कूटनीतिक वर्षगाँठका अवसरमा राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

आइतवार , माघ १८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट जापान प्रस्थान गर्नेछन् । भ्रमण सम्पन्न गरी उनी माघ २१ गते दिउँसो ४ः३० बजे सोही एयरलाइन्सको उडान नं ४३४ बाट स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् । त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने तालिका छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने छ ।

यसैगरी राष्ट्रपति पौडेलले जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता गर्ने तथा जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउने कार्यक्रम छ । जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि राष्ट्रपति पौडेल सहभागी हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सबिता पौडेलसहित उच्चस्तरीय सरकारी अधिकारीहरू पनि भ्रमणमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट