२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नयाँ सांसदका लागि नयाँ संसद भवन नै प्रयोग हुने

आइतवार , माघ १८, २०८२

काठमाडौं । संघीय संसद सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ सांसदका लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसंग निरन्तर सम्वादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिएका हुन् ।

अहिले नयाँ संसद भवन बाहेक अन्य बिकल्पमा कुनै छलफल नभएको उनले बताए । नयाँ संसद भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भए पनि प्राप्त हुने संसद सचिवालयको विश्वास रहेको उनको भनाइ छ । प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा पन्ध्र बिस दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे ।

उनले नयाँ संसद भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटा मध्ये बैठक कक्ष सहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताए ।

तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमश अन्य कामहरु नयाँ भवनबाट सुरु गर्नेगरि तयारी भएको उनले बताए । यसअघि संसद सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचार समेत गरेको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट