२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

झापा ५ : रास्वपाको सम्पर्क कार्यालय भएको घरमा अज्ञात समूहद्वारा ढुंगा प्रहार

बिहिवार , माघ २२, २०८२

विराटनगर । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय राखिएको घरमा गएराति ढुंगामुढा भएको छ ।

कमल गाउँपालिका–२ मा जयप्रकाश अधिकारीको घरको माथिल्लो तलामा रास्वपाको सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ ।

प्रहरीका अनुसार राति अज्ञात समूहले ढुंगा प्रहार गर्दा घरबेटी अधिकारी बस्ने कोठाको झ्यालको सिसा फुटेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । ‘ढुंगा लागेर घरको झ्यालको सिसा फुटेको भन्ने सूचना आएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको छ,’ उनले भने ।

यसैबीच, रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले सम्पर्क कार्यालय रहेको घरमा ढुंगा हानिएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट