काठमाडौं । नेपाली कांग्रेसले पनि निर्वाचनलाई लक्षित गर्दै जनकपुरबाट चुनावी सभाको सुरुवात गर्ने भएको छ ।
कांग्रेसले फागुन ७ गते जनकपुरमा सभा गर्ने भएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो चुनावी अभियान जनकपुरबाटै सुरु गरेको थियो ।
सभालाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला संग्रौलाले बताइन् ।
‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ, त्यसपछि प्रदेश र जिल्ला अनुसार आवश्यकता अनुसारको पार्टीको नेताहरू चुनावी अभियानमा जाने तय भएको छ ।’ – उनले भनिन् ।
कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा सभापति गगन थापालई अघि सारेको छ । उनी यसपटक सर्लाही-४ बाट चुनाव लड्दै छन् ।
समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा चुनावी अभियानका लागि देश दौडाहामा निस्कने पनि कांग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस