२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रवि लामिछानेले औपचारिक रूपमा सुरु गरे चुनावी अभियान

बिहिवार , माघ २२, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा चुनावी घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गरेका छन् । बिहीबार बिहान भरतपुर महानगरपालिका–४ लङ्कूस्थित लक्ष्मी वैंङ्कटेश मन्दिरमा पूजा–अर्चना गर्दै उनले चितवन क्षेत्र नम्बर २ केन्द्रित चुनावी अभियानको थालनी गरेका हुन् ।

जनकपुरमा आयोजित चुनावी सभाका क्रममा खुट्टामा सामान्य चोट लागेपछि केही समय आराम गरिरहेका लामिछाने चितवन आएर पुनः सक्रिय देखिएका हुन् । उनले श्रीमती निकिता लामिछानेसहित रास्वपाका चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हरि ढकाल र क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमसँगै मन्दिर पुगेर पूजा अर्चना गरेका थिए । सो अवसरमा मन्दिरका महन्त उमानाथ कँडेलबाट उनीहरूले सामूहिक रूपमा आशीर्वाद ग्रहण गरेका थिए ।

पूजाअर्चनापछि लामिछानेले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग संक्षिप्त संवाद गर्दै चितवनमा रास्वपाको चुनावी अभियानलाई थप सशक्त बनाइने बताएका छन्। उनले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धता राख्ने उद्देश्यले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

बिहीबार नै गृह प्रवेशको तयारीमा रहेका लामिछानेले पार्टीका कार्यकर्तासँगको भेटघाटपछि शुक्रबारदेखि चितवनका विभिन्न स्थानमा चुनावी घरदैलो कार्यक्रम, सम्पर्क कार्यालय उद्घाटन तथा आम नागरिकसँग अन्तरक्रिया कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने जानकारी दिए ।

चितवनलाई रास्वपाको महत्वपूर्ण राजनीतिक केन्द्रका रूपमा लिइएको उल्लेख गर्दै लामिछानेले भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको पक्षमा जनताको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले समेत लामिछानेको आगमनसँगै चुनावी माहोल थप उत्साहित बनेको बताएका छन्। रास्वपाले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सशक्त उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबी गर्दै आगामी दिनमा प्रचारप्रसारलाई अझ तीव्र बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट