२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

यज्ञराज सुनुवारको संयोजकत्वमा एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन

बिहिवार , माघ २२, २०८२

ओखलढुंगा । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीको चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारको संयोजकत्वमा कमिटी गठन गरिएको हो।

विहीबार जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले जिल्ला संयोजकमा हर्कबोल राई र निर्वाचन परिचालन कमिटीको संयोजकमा सुनुवारलाई तोकेको हो।

निर्वाचन परिचालन कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू, वडा र पालिका कमिटी, जनवर्गीय संगठन, सल्लाहकार कमिटी, जिल्ला कमिटी सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकारहरूलाई समेटिएको छ।

जिल्ला इञ्चार्ज सुनुवारले निर्वाचन परिचालन कमिटीमार्फत पार्टीका सबै संरचना र कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्दै चुनावी अभियानलाई तीव्र बनाइने बताए।

उनका अनुसार पछिल्लो समय केही नेताहरू पार्टीबाट बाहिरिए पनि यसअघि निष्क्रिय रहेका नेता–कार्यकर्ताहरू पुनः सक्रिय भएर पार्टी उम्मेदवार अस्मिता थापाको पक्षमा परिचालित भएका छन्।

एमालेले निर्वाचन अवधिभर परिचालन कमिटीमार्फत घरदैलो अभियान, संगठन सुदृढीकरण र मतदाता परिचालनलाई प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट