२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इन्द्रपुर बोर्डिङ स्कुललाई मोरङ जिल्ला स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि

आइतवार , माघ २५, २०८२

मोरङ । विराटनगरमा सम्पन्न ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ ।

मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुलले ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित प्रथम स्थान हासिल गरेको हो । त्यस्तै, विराटनगर महानगरपालिका वडा नम्बर १० ले ७ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै द्वितीय स्थान प्राप्त ग¥यो भने बेलबारी नगरपालिका वडा नम्बर १० डाँगिहाटले ६ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित तृतीय स्थान हात पा¥यो ।

जिल्ला प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगिता पार गर्दै आगामी वैशाखमा काठमाडौंमा आयोजना हुने आइटीएफ राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा मोरङका विभिन्न डोजाङबाट १ सयभन्दा बढी खेलाडीहरूले प्याटन र स्पारिङ विधामा प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

विजेता खेलाडीहरूलाई विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, उपाध्यक्ष चतुरलाल चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपमेयर कार्कीले आइटीएफ तेक्वान्दो खेलका लागि महानगरले बजेट विनियोजन गरिरहेको जानकारी दिदै आगामी बर्षमा यस खेलका लागि बजेट बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले खेल खेलमात्र नभएर एउटा मानिसको जीवनमा आवश्यक पर्ने हरेक चिज प्राप्त हुने बताईन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ