२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एमाले अध्यक्ष ओलीद्वारा हुलाकी राजमार्गको अवलोकन

सोमवार , माघ २६, २०८२

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गरेका छन् ।

चुनावी अभियानका क्रममा गृह जिल्ला आएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गरेका छन् ।

उनले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिए ।

शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

स्थानीयले यस क्षेत्रको विकासका लागि उनले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट