logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनी सरकार अल्पमतमा, विपक्षीद्वारा मुख्यमन्त्री पाेखरेलकाे राजीनामा माग

    लुम्बिनी सरकार अल्पमतमा, विपक्षीद्वारा मुख्यमन्त्री पाेखरेलकाे राजीनामा माग

    4.3K
    Shares

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरि अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको हो ।

    लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका चार सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।

    सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।

    सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    प्रदेश सभामा एकल बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले त्यो हैसियत पहिले नै गुमाएका थिए । तर, जसपाका चार जना सांसदलाई मन्त्री बनाएर आफ्नो संकट तत्काललाई टारेका उनलाई रायमाझीको राजीनामाले संकट थपेको छ ।

    लुम्बिनी प्रदेशमा सत्तारूढ एमालेलाई जसपाका तीन सांसदको साथ छ । त्यसबाहेक नेपाली कांग्रेस, माओवादी तथा जसपा लगायतका विपक्षी दलले मोर्चाबन्दी गरेर नयाँ सरकार बनाउने प्रयास गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend