२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेसलाई गरेको विश्वासलाई भोटमा बदल्न सभापति थापाको आग्रह

मंगलवार , माघ २७, २०८२

सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् ।

मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

सभापति थापाले भने, तपाइहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाईलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु ।

सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला। उनले भने, मैले तपाइहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौ, कांग्रेस बदलिएर आएको छ ।

उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट