२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु मतदानको आधार बन्दैन : कांग्रेस

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु मतदानको आधार नबन्ने स्पष्ट पारेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चूनावी आंकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताएका हुन् । उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे ।

प्रवक्ता चालिसेले निर्वाचनपछिको मतदेशलाई कांग्रेसले सहज रुपमा स्वीकार गर्ने समेत बताए । त्यस्तै उनले आसन्न निर्वाचनमा कांग्रेस एकताबद्ध भएर अघि बढेको उल्लेख गरे । पार्टीका उम्मेदवारहरू सिद्धान्तका प्रतीक भएकाले उनीहरुलाई बिजयी गराउने दायित्व सबै नेता तथा कार्यकर्ताहरुको भएको उनको भनाइ छ । उनले फागुन ३ गते आइतबार चूनावी घोषणा पत्र जारी गरेपछि नियमित प्रचारका साथै घोषणापत्रसँग सम्बन्धित अन्य कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी दिए ।

प्रवक्ता चालिसेले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन र विकास समयसीमा सहितको कार्ययोजना घोषणा पत्रमा उल्लेख गरिने बताए । त्यसैगरि शासकीय सुधारका बिषय र जनतासँग जोडिएका अन्य बिषयलाई पनि कांग्रेसले प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट