logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • रहेनन् बलिउडका दिग्गज अभिनेता दिलिप कुमार

    रहेनन् बलिउडका दिग्गज अभिनेता दिलिप कुमार

    3K
    Shares

    एजेन्सी । बलिउडका दिग्गज कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । 

    बलिउडमा ‘ट्रेजेडी किंग’ दिलिप कुमारको बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    बलिउडका सिनेमाको इतिहास बोकेका दिलिप कुमारको निधन प्रति प्रधानमन्त्री नरेन्द्र मोदी लगायत कलाकारकाले दु ख व्यक्त गरेका छन् । उनलाई पछिल्लो एक महिनामा दुर्इं पटक अस्पताल भर्ना गरिएको थियो । 

    ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर(हाल पाकिस्तान)मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

    दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend