२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व सङ्कलन

शनिवार , चैत्र ७, २०८२

कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार ४३१ सवारी कारबाही परेका हुन् ।

ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडकखण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग सुरक्षा गस्ती गर्ने क्रममा ती सवारीसाधन कारबाहीमा परेका उनले बताए ।

“फागुनमा ९३ सवारी दुर्घटना हुँदा १३१ सवारी संलग्न रहेका पाइएको छ । उक्त दुर्घटनामा सात पुरुष र एक महिला गरी आठ जनाको मृत्यु भएको छ”, सूचना अधिकारी बिसीले भने, “दुर्घटनाको कारण ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका गरी १६० जना घाइते भएका थिए । त्यसमा ६४ गम्भीर र ९६ सामान्य घाइते भएका छन् ।” दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक तथा लागुपदार्थ सेवन, चालकको असक्षमता, गलत स्थानमा पार्किङलगायत रहेको उनले बताए ।

सूचना अधिकारी बिसीका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम पालनासम्बन्धी विद्यालय, कलेजमा ट्राफिक सचेतना कक्षा सञ्चालन, व्यवसायी, चालक परिचालक, स्थानीय टोल, समुदाय, सर्वसाधरण, पैदल यात्रुलाई पनि ट्राफिक सचेतना गराइएको छ । त्यसबाट ३२ हजार ५६ जना लाभान्वित भएका जानकारी दिए ।

फागुनमा ७८ हजार ८३९ सवारीसाधनको जाँच गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट