२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

होर्मुज जलडमरूमध्य क्षेत्रमा इरानी आक्रमणको निन्दा गर्दै २२ देशको संयुक्त वक्तव्य

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशले जारी गरेको संयुक्त वक्तव्य सार्वजनिक गरेको छ। उक्त वक्तव्यमा इरानले गरेको भनिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरिएको छ ।

संयुक्त वक्तव्यमा संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणतन्त्र, रोमानिया, बहरेन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “हामी इरानद्वारा हालै गरिएका आक्रमणहरूको कडा निन्दा गर्छौं। यी आक्रमण निहत्था व्यापारिक जहाजहरूलाई लक्षित गरी गरिएका छन्। साथै तेल र ग्याससँग सम्बन्धित संरचना तथा अन्य नागरिक पूर्वाधारमा समेत क्षति पुर्‍याइएको छ । इरानी सेनाको गतिविधिका कारण होर्मुज जलडमरूमध्य क्षेत्र लगभग अवरुद्ध भएको छ ।”

वक्तव्यमा समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको समुद्री कानूनको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । यस्ता गतिविधिले विश्वभरका सर्वसाधारणमा असर पर्ने र विशेषगरी पहिले नै कमजोर अवस्थामा रहेका समुदाय बढी प्रभावित हुने चेतावनी पनि दिइएको छ ।

संयुक्त वक्तव्यमा सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा सहकार्य गर्न ती देशहरू तयार रहेको जनाइएको छ । साथै यस विषयमा योजना बनाइरहेका अन्य देशहरूको प्रयासलाई पनि स्वागत गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षाका लागि विभिन्न देशहरूलाई आफ्ना युद्धपोत तैनाथ गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ