२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केपी ओली र रमेश लेखकलाई विधि प्रक्रिया मिचेर पक्राउ गरियो : कांग्रेस

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा केपी ओली र रमेश लेखकलाई विधि प्रक्रिया मिचेर पक्राउ गरेको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरुको छलफलपछि धारणा सार्वजनिक गर्दै कांग्रेसले विधिको शासन विपरीत ओली र लेखकलाई पक्राउ गरिएको निष्कर्ष निकालेको हो । एउटै घटना, एउटै प्रतिवेदन र समान सिफारिस हुँदाहुँदै पनि सरकारको व्यवहार चयनात्मक देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।

उनले हतारमा गरिएको पक्राउ र निर्णयले विधिसम्मत प्रक्रिया उल्लङ्घन भएको भन्दै यसले न्याय प्रक्रियालाई नै कमजोर बनाउने उल्लेख गरे ।

भदौ २३ र २४ दुवै दिनका घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष, पारदर्शी र कानूनी प्रक्रियाअनुसार अनुसन्धान र कारवाही हुनुपर्नेमा पार्टीको जोड रहेका उनले बताए ।

साथै भाद्र २४ गते भएको आगजनी र विध्वंसमा संलग्न सबै पक्ष सार्वजनिक हुनुपर्ने कांग्रेसले जनाएको छ । हतारमा गरिने यस्ता निर्णयले देशलाई पुनः द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने खतरा रहेको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ