२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पाटनमा छुरा प्रहारः घाइते दाजुभाइको उपचारकै क्रममा मृत्यु, दुई पक्राउ

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारमा परेका दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।

चैत २५ गते साँझ भएको उक्त घटनापछि गम्भीर घाइते दुवैलाई बिएण्डबी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार दुई समूहबीच भएको विवादका क्रममा छुरा प्रहार भएको प्रारम्भिक निष्कर्ष छ। दुवैको पेटमा गहिरो चोट लागेको थियो ।

घटनामा संलग्न भएको आरोपमा ललितपुर महानगरपालिका–९ का ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुरको सुबहाल बस्दै आएका २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ