२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघई उम्मेदवार बन्ने पक्का

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघई उम्मेदवार बन्ने पक्का भएको छ ।

देशभरका उद्यमी व्यवसायी एवं महासंघका पूर्व अध्यक्षहरुसँगको सल्लाह र छलफलपछि संघई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने निश्कर्षमा पुगेका हुन् ।

विगत २२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील संघई महासंघको पूर्व उपाध्यक्ष हुन् । रविभक्त श्रेष्ठको पालादेखि महासंघमा काम गरेका संघई शेखर गोल्छाको कार्यकालमा एशोसियटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति रहेका थिए । त्रिवेणी ग्रुपका निर्देशक समेत रहेका संघईले व्यवसायीको हकहितका पक्षमा लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।

अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरू सञ्चालनमा छन् । करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन् । साना तथा मझौला उद्यम व्यवसायमा पनि संघई संलग्न छन् । साना तथा मझौला उद्यमी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पूर्ण जानकार रहेको बताउँदै संघईले यसको समाधानमा लागि पर्ने बताए ।

उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने, रोजगारी सृजना गर्नसक्ने, उत्पादन बढाउन सक्ने एवं सरकारसमक्ष निजी क्षेत्रका समस्या समाधानमा पहल गर्नसक्ने नेतृत्व नै महासंघमा आवश्यक रहेको संघईले बताए ।

नयाँ सरकारले निजी क्षेत्रसँग नजिक रहेर काम गर्न जरुरी रहेको र निजी क्षेत्रले पनि सरकारसँग मिलेरै काम गर्न आवश्यक भएको बताउँदै संघईले यसका लागि ठोस नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए ।

लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवद्र्धनका लागि समयसिमा सहितका काम अघि वढाउने सरकारको घोषणाले निजी क्षेत्र उत्साहित बनेको संघईको भनाई छ । सत्तारुढ दलका सभापतिले संसदको पहिलो सम्बोधनका क्रममा निजी क्षेत्रलाई आस्वस्त पार्दै गरेको सम्बोधनले समेत थप हौसला प्राप्त भएको भन्दै संघईले नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको पक्षमा काम गर्ने हो भने अबको ५ बर्ष नेपालका लागि स्वर्ण युग सावित हुने उल्लेख गरे ।

महासंघको ६० औं वार्षिक साधारणसभा चैत्र २९ र ३० गते काठमाडौंमा आयोजना हुदैछ । साधारणसभाले निर्वाचित गरेको कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट