२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालतको आदेश

बिहिवार , चैत्र २६, २०८२

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र चुनाव तत्कालका लागि रोक्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले सो आदेश दिएको हो ।

चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका लागि रोकिएको छ ।

चैत २९ र ३० गते हुने महासंघको ६० औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट