२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बजेट तयारीः रास्वपा सांसदहरूले आज अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग छलफल गर्दै

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्ने भएका छन् । छलफल अपराह्न ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा तय गरिएको छ ।

छलफलमा आगामी आर्थिक वर्षका लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतामाथि विस्तृत विमर्श हुने जनाइएको छ। साथै सांसदहरूले आफ्ना–आफ्ना निर्वाचन क्षेत्रमा आवश्यक बजेट, आयोजना र कार्यक्रमबारे मन्त्रीहरूलाई जानकारी गराउने तयारी गरेका छन् ।

सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सोही सन्दर्भमा मन्त्री र सांसदबीच पूर्वसमन्वयका रूपमा यो छलफल आयोजना गरिएको हो ।

रास्वपाले यस किसिमको छलफलबाट जनताका आवश्यकता र प्राथमिकता अनुसारका योजना नीति तथा कार्यक्रममार्फत बजेटमा समेट्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ