काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जिल्ला समन्वय समिति (जिसस) आवश्यक नभएको भन्दै केन्द्र र पालिकामात्र रहने गरी संरचना संशोधन गर्नुपर्ने बताएका हुन् ।
उनले राष्ट्रिय सभा १०५ सदस्यीय र पूर्ण समावेशी हुनुपर्ने धारणा राख्दै महिला–पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् । साथै उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।
त्यस्तै, प्रतिनिधिसभाको समानुपातिक प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचनमै महिला–पुरुष ६०–४० प्रतिशत अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस