२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकको मुख्य कार्यसूची सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्नो धारणा राख्नेछन् । 

संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । सोही तयारीस्वरूप अहिले सदनमा नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ