२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तय गरेको छ ।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा राष्ट्रिय स्रोत अनुमान समितिले स्रोत र खर्चको आवश्यकतालाई आधार मानेर उक्त सिलिङ निर्धारण गरेको जानकारी दिएका हुन् ।

सचिव उपाध्यायका अनुसार तोकिएको बजेट सीमाभित्र रहेर विभिन्न मन्त्रालय तथा निकायलाई बजेटको सीमा पठाइसकिएको छ । मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना तथा विवरण प्रविष्ट गरिसकेको र अहिले अर्थ मन्त्रालयले मन्त्रालयगत प्राथमिकता, अनावश्यक खर्च कटौती तथा अधुरा आयोजनाका विषयमा छुट्टाछुट्टै छलफल गरिरहेको उनले बताए ।

चालु आर्थिक वर्षमा खर्च र राजस्व सङ्कलनको अवस्था कमजोर रहेको अवस्थामा आगामी बजेटको तयारी भइरहेको छ । अर्थ सचिव उपाध्यायले दिएको जानकारीअनुसार हालसम्म पुँजीगत खर्च करिब २६ प्रतिशत मात्र भएको छ भने राजस्व सङ्कलन लक्ष्यको ६० प्रतिशत अर्थात् ८ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो चुनौतीपूर्ण अवस्थाबीच आगामी बजेटलाई नतिजामुखी बनाउनेतर्फ मन्त्रालय केन्द्रित रहेको उनले बताए । सरकारको रणनीति नयाँ आयोजना थप्नुभन्दा पुराना तथा अधुरा आयोजनालाई सम्पन्न गर्ने र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने रहेको छ ।

खर्च नियन्त्रणका लागि सरकारले ३९ वटा अनावश्यक संरचना तथा ३०० भन्दा बढी दरबन्दी खारेज गरेको पनि सचिव उपाध्यायले जानकारी दिए । साथै, १५ वटा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको र आगामी बजेटमार्फत वित्तीय अनुशासनलाई थप कडाइ गरिने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ