२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दैः प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि दफावार छलफल सुरु हुने कार्यसूची रहेको छ ।  

बैठकको प्रारम्भमा प्रधानमन्त्री बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसलगत्तै सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गर्ने र दलीय आधारमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।  

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरेका छन् । केही सांसदहरूले नीति तथा कार्यक्रममा परिमार्जनको माग गर्दै संशोधन प्रस्ताव समेत दर्ता गराएका छन् ।

गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा यो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ