२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।

सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतिषनारायण जोशी सदस्य छन् । अब आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गर्ने छ ।

यसका लागि १५ दिने सूचना जारी गरिने उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ