मुगु । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले मुगुमा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मुगुको समन्वय तथा जिल्ला अस्पताल मुगुको सहकार्यमा जिल्लास्थित विभिन्न प्रहरी युनिटका प्रहरी कर्मचारीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्यामकृष्ण लौडारी नेतृत्वको स्वास्थ्य टोलीले प्रहरी कर्मचारी, प्रहरी परिवारसहित १ सय २८ जनाको स्वास्थ्य परीक्षण तथा बीएमआई जाँच गरेको जनाएको छ ।
स्वास्थ्य परीक्षणसँगै आवश्यक ५० प्रकारका औषधि पनि वितरण गरिएको डा. लौडारीले जानकारी दिए । टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरूको समेत स्वास्थ्य परीक्षण गरेको थियो ।
डा। लौडारीका अनुसार दुर्गम जिल्लामा कार्यरत प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने बतायका छन ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार कार्यक्रमले प्रहरी कर्मचारीको स्वास्थ्य सचेतना अभिवृद्धि हुनुका साथै नियमित स्वास्थ्य परीक्षणमा पहुँच बढाउन सहयोग पुगेको बतायका छन ।
प्रतिक्रिया दिनुहोस