२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जनतालाई खुसी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल

शनिवार , जेठ १६, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनतालाई खुसी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख अर्यालले संविधान संशोधनका लागि छलफल सुरु भइसकेको अवस्थामा जनतालाई खुसी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गनुपर्ने बताएका हुन् ।

उनले कार्यपालिकामा प्रधानमन्त्री बालेन्द्र शाहले नेतृत्व गरेको सरकारलाई सघाउँदै कानुन निर्माणका लागि व्यवस्थापिकालाई समेत आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए । अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने उनले बताए ।

उनले देशमा राजनीति गरेर नेतृत्वमा पुगेकाहरुले देशलाई राम्रो बनाएर भावी सन्ततिलाई सुम्पिनुपर्ने धारणा राखे । सभामुख अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै देशमा नै रोजगारको वातावरण बनाएर बाहिरएका नेपाली नागरिकहरुलाई देशमा नै फर्काउनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ