चितवन / भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछाने सहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ। यद्यपि, पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री भनिएका बालेन्द्र शाह बैठकमा सहभागी भएका छैनन् ।
केन्द्रीय समिति बैठकमा विधान संशोधन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनुका साथै महाधिवेशनका लागि मनोनीत गरिने प्रतिनिधि चयन लगायतका विषयमा निर्णय लिइने एजेन्डा रहेको छ ।
रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनलाई संगठन सुदृढीकरण, नीतिगत स्पष्टता तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनका विभिन्न तयारी तथा व्यवस्थापन सम्बन्धी विषयमा समेत केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी सभापति रबि लामछिानेले सबै केन्द्रीय सदस्यहरुलाई स्वागत गरेका थिए । बैठकमा महाधिवेशन आयोजक उप समितिका संयोजकहरुले अधिवेशनको तयारीका बारेमा बैठकमा जानकारी गराउन सुरु गरिएको प्रवक्ता मनिष झा ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस