२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

मुस्ताङमा ३८ करोडको चक्रपथ निर्माण सम्पन्न : चार वडाका बासिन्दालाई सहज आवागमन

शनिवार , आषाढ ६, २०८३

मुस्ताङ  / मुस्ताङको थासाङ गाउँपालिकामा रणनीतिक महत्वको चक्रपथ (रिङरोड) निर्माण सम्पन्न भएको छ। सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि कालीगण्डकी नदीपारिका चार वडाका स्थानीयवासीलाई आवागमनमा सहजता हुने भएको छ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणका लागि महालक्ष्मी हिमाली जेभी कन्स्ट्रक्सनसँग ३८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। बजेट अभावका कारण निर्धारित समयमै सम्पन्न हुन नसकेको आयोजना अन्ततः पूरा भएको हो ।

कार्यालयका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको लेते, छयो, कुज्जो, टिटी, धम्पु हुँदै कोखेठाँटीसम्मको करिब १० किलोमिटर सडकमा डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको छ। आठ दशमलव पाँच मिटर चौडाइको सडकले गाउँपालिकाका चार वडालाई आपसमा जोडेको छ।

रिङरोडअन्तर्गत छयोदेखि कोखेठाँटी खण्डसम्म सडक स्तरोन्नति तथा कालोपत्रको काम सम्पन्न भइसकेको छ। साथै ‘रोड मार्किङ’ र ‘ट्राफिक साइन पोस्टिङ’ लगायतका अन्तिम चरणका कामसमेत सकिएका छन्।

थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचन ले चक्रपथ निर्माणसँगै गाउँपालिकाभित्रको सडक सञ्जाल थप मजबुत बनेको बताए । उनका अनुसार अनुसार (बेनी–जोमसोम) मुख्य सडकसँग जोडिएको यो सडकले कालीगण्डकीपारिका बस्तीलाई प्रत्यक्ष लाभ पु¥याउनेछ।

उनले प्रदेश सरकारको लगानीमा निर्माणाधीन लेते–छयो र लेते–धम्पु पुल सम्पन्न भएपछि थासाङका सबै गाउँमा वर्षैभरि सडक पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ