२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

विकास, सुशासन र सेवाप्रवाहमा सोरु गाउँपालिकाको उल्लेखनीय प्रगति: मुगुकै नमुना बन्ने दिशामा

आइतवार , आषाढ ७, २०८३

मुगु । दुर्गम जिल्लाका रूपमा परिचित मुगुको सोरु गाउँपालिकाले पछिल्ला वर्षहरूमा विकास निर्माण, सुशासन र प्रभावकारी सेवाप्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । स्थानीय सरकारको सक्रियता र जनप्रतिनिधिहरूको प्रतिबद्धताले गाउँपालिकाभित्र विकासका नयाँ आयामहरू स्थापित हुँदै गएका छन् ।

e2765106-6381-4e96-833b-99c3a476b1c6.jpg

गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार गाउँपालिकाभित्र रहेका ७३ वटा बस्तीमध्ये हालसम्म अधिकांस बस्तीहरुमा सडक तथा बस्ती क्षेत्रमा पीसीसी,आरसिसि बाटो बनाय संगै हिलोमुक्त बनाइएको छ । “हिलोमुक्त गाउँपालिका” अभियानअन्तर्गत प्रत्येक बस्तीका सडक तथा पैदलमार्गलाई व्यवस्थित बनाउने लक्ष्यसहित काम भइरहेको र पूर्वाधार विकाससँगै गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको, विद्यालयहरूको भौतिक संरचना सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य संस्थाहरूको सुदृढीकरण तथा आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए ।

1418b1bb-ea0b-4bf6-9390-ce2d41cc4cfc.jpg

गाउँपालिका उपाध्यक्ष केशरजंग शाहीले स्थानीय तहमा सुशासन प्रवर्द्धन, पारदर्शिता कायम तथा जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताए। नागरिकका गुनासा र आवश्यकतालाई समयमै सम्बोधन गर्ने वातावरण निर्माण गरिएको उनको भनाइ छ ।

12bf8273-3fa6-4aff-97b9-9bd0a6fc0a0b.jpg

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले प्रशासनिक सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग, कर्मचारी व्यवस्थापन तथा सेवा प्रक्रियामा सुधार गरिँदै आएको जानकारी दिए । उनले नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यअनुसार विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।

7e26a311-dc48-4bd8-9fb9-710d1e4c23ad.jpg

स्थानीयवासीहरूका अनुसार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार क्षेत्रमा भएको सुधारले जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका छन् ।  गाउँपालिकाले आगामी दिनमा कृषि, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई थप प्राथमिकतामा राख्दै समृद्ध सोरु निर्माणको अभियानलाई निरन्तरता दिन सुझाब समेत गरेका छन् । 

a67484c5-d761-4858-8f2b-3105f3464afa.jpg

विकास निर्माण, सुशासन र प्रभावकारी सेवाप्रवाहलाई केन्द्रमा राखेर अघि बढेको सोरु गाउँपालिका अहिले मुगु जिल्लामै नमुना स्थानीय तहको रूपमा स्थापित हुने दिशामा अग्रसर देखिएको छ ।

d9746d6a-d87d-4d46-9b44-a08d389e70df.jpg
e1d632b8-f698-4153-adcd-10d6e2490805.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ