२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

नेपाल टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबैले पाए सफाइ

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टाको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबैले  सफाइ पाएका छन् । 

बिहिबार विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको फैसला गरेको हो ।

जस अनुसार तत्कालीन प्रबन्ध निर्देशक पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगिता पहाडी लगायतमाथि दायर भएको उक्त मुद्दामा विशेष अदालतले सबै आरोपितहरूलाई सफाइ दिएको छ ।

यो मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुसहित टेलिकमका अन्य कर्मचारीहरूलाई समान ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

पौडेलसहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यकोषमा ठुलो नोक्सानी पुर्‍याएको अख्तियारको आरोप लगाएको थियो । 

WhatsApp Image 2026-07-09 at 6.21.52 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट