२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । 

समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई जोड्ने साझा इकोसिस्टम निर्माण गर्नेछन् । 

यस सहकार्यबाट व्यावसायिक सीप अभिवृद्धि, उद्यमशीलता विकास, कार्यगत शिक्षा, उद्योग–शैक्षिक सहकार्य, स्टार्टअप इन्क्युबेसन तथा एक्सेलेरेशन, नेतृत्व विकास, लगानी प्रवद्र्धन तथा अनुसन्धान एवं ज्ञान आदान–प्रदानका विविध कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

सम्झौताअन्तर्गत उद्यमी, व्यवसायी, साना तथा मझौला उद्योग (एसएमई–एमएसएमई), चेम्बरका सदस्य तथा पेशागत क्षेत्रका लागि नेतृत्व विकास, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय व्यवस्थापन, आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार तथा वातावरणीय, सामाजिक एवं सुशासन लगायतका विषयमा विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । 

साथै स्टार्टअप प्रवद्र्धन, नवप्रवर्तन मार्गदर्शन, लगानीकर्ता सम्मेलन, व्यापार संवाद, नीतिगत अनुसन्धान तथा भविष्यमुखी शैक्षिक कार्यक्रमहरूमा समेत सहकार्य गरिनेछ ।

समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्टार्टअप तथा इनोभेसन समितिका सभापति एवं कार्यसमिति सदस्य पंकज जालान तथा बेनेट विश्वविद्यालयका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सेन्थिल कुमारले हस्ताक्षर गरेका छन् । यो सम्झौता पाँच वर्षसम्म लागू रहनेछ र आपसी सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध समयसँगै अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै शिक्षा, प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा भएको यो सहकार्यले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष अग्रवालले वर्तमान विश्व अर्थतन्त्र कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, नवप्रवर्तन र ज्ञानमा आधारित उद्योगतर्फ तीव्र रूपमा अग्रसर भइरहेका बेला नेपालका उद्यमी, युवा, स्टार्टअप र व्यवसायीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि आवश्यक सीप, प्रविधि र अवसरसँग जोड्नु अत्यन्त आवश्यक रहेको बताए । 

भारतको प्रतिष्ठित टाईम्स ग्रुपद्धारा प्रबद्र्धित बेनेट विश्वविद्यालयसँगको सहकार्यले आधुनिक प्रविधि, अनुसन्धान, कार्यकारी शिक्षा तथा नवप्रवर्तनलाई निजी क्षेत्रसँग जोड्दै नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय ज्ञान, अनुभव, बजार तथा लगानीका अवसरसम्म पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

उनले  एआईले मानव प्रतिभालाई प्रतिस्थापन गर्नेभन्दा पनि उत्पादकत्व, निर्णय क्षमता, नवप्रवर्तन र व्यवसाय विस्तारमा सहयोगी उपकरणका रूपमा काम गर्ने बताए । उनले आगामी दिनमा नेपाली व्यवसायीहरूलाई डिजिटल प्रविधि, डेटा, एआई तथा नवप्रवर्तनमैत्री व्यवसायिक वातावरणसँग अभ्यस्त बनाउन यस्ता अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

संझौता कार्यक्रममा बेनेट विश्वविद्यालयकातर्फबाट अन्तराष्ट्रिय बजार एभिपी सुुधिर कुमार पाण्डेले धारणा राख्दै यस समझदारीले ज्ञान, प्रविधि, अनुसन्धान, लगानी तथा उद्यमशीलताको आदान–प्रदानलाई थप सुदृढ बनाउँदै स्टार्टअप इकोसिस्टम, युवा उद्यमशीलता, रोजगारी सिर्जना, औद्योगिक प्रतिस्पर्धात्मकता तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

त्यस्तै चेम्बरका स्टार्टअप कमिटी सभापति पंकज जलानले आगामी दिनमा नेपाली व्यवसायीहरूलाई डिजिटल प्रविधि, डेटा, एआई तथा नवप्रवर्तनमैत्री व्यवसायिक वातावरणसँग अभ्यस्त बनाउन यस्ता अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको धारणा व्यक्त गरे । 

उनले मानव क्षमता र कृत्रिम बुद्धिमत्ताबीचको प्रभावकारी समन्वयका लागि संझौता भविष्यको आर्थिक विकासको आधार हुने विश्वास समेत व्यक्त गरे । संझौता कार्यक्रममा चेम्बरका स्टार्टअप कमिटी सदस्य योगेश क्षेत्री लगायतको उपस्थिती रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट