logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सप्तरीमा कोरोना बढ्दै, ७५ जनाको परीक्षण गर्दा ६५ मा कोरोना पुष्टि

    सप्तरीमा कोरोना बढ्दै, ७५ जनाको परीक्षण गर्दा ६५ मा कोरोना पुष्टि

    2.8K
    Shares

    राजविराज । सप्तरीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार ७५ जनामा गरिएको पीसीआर परीक्षणको मंगलबार आएको रिपोर्टमा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

    उनका अनुसार ६५ जनामा प्रहरी अत्यधिक छन् । यो ६५ समेत जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ ।

    राजविराजस्थित सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश र कर्मचारीहरूमा पनि कोरोना संक्रमण संख्या बढ्दै गएको छ । जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार सप्तरी जिल्ला अदालतका ४ जना न्यायाधीश र ४ जना कर्मचारीमा अहिले संक्रमण देखिएको छ ।

    यसैगरी उच्च अदालत जनकपुरको राजविराज इजलासका उपरजिस्टार उज्ज्वल न्यौपानेका अनुसार उक्त अदालतका ३ जना न्यायाधीश र ४ जना कर्मचारी गरी ७ जनामा संक्रमण देखिएको छ । जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिँदो रुपमा रहे पनि पूर्ण रुपमा सतर्कता भने अपनाइएको छैन ।

    त्यस्तै सोमबार राति सप्तरीमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत सप्तरीको रुपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend