logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्यान इन्फोटेक मेलामा ३ लाखले गरे अवलोकन

    क्यान इन्फोटेक मेलामा ३ लाखले गरे अवलोकन

    2.5K
    Shares
    क्यान इन्फोटेक मेलामा ३ लाखले गरे अवलोकन

    काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन् । आज मेलामा ३ लाख मानिसहरुले मेलाको अवलोकन गरेको कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले जानकारी दिए ।

    उनले क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए । उनले मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको बताए ।

    काठमाडौंमा आजबाट सकिने इन्फोटेक आगामी दिनमा सातै प्रदेशमा पनि सञ्चालन हुने छ । मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र वागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ ।

    प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ । क्यान इन्फोटेक २०२३ यही माघ २४ देखि २९ गते आजसम्म सञ्चालन भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend