logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदिपको अर्थमन्त्रीलाई प्रश्न- ‘सांसद्ले दिएका सुझावलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?’

    प्रदिपको अर्थमन्त्रीलाई प्रश्न- ‘सांसद्ले दिएका सुझावलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?’

    1.3K
    Shares
    प्रदिपको अर्थमन्त्रीलाई प्रश्न- ‘सांसद्ले दिएका सुझावलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?’

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

    आईतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ ? भनि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्न समेत गरे ।

    उनले भने, ‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भईरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो । म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईले बजेटमा कसरी समावेश गर्नु हुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु । वास्तवमा आज अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ । त्यो आज उत्पन्न भएको समस्या होइन । यो लामो व्यथितिले उत्पन्न गरेको परिणाम हो । भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नु भयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन ।’

    सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend