logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बाघ गन्न राखिएका पाँचवटा क्यामरा गायब

    बाघ गन्न राखिएका पाँचवटा क्यामरा गायब

    9.9K
    Shares
    बाघ गन्न राखिएका पाँचवटा क्यामरा गायब

    कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका पाँचवटा क्यामरा गायब गरिएको छ। बाघ गणना गर्न जडान गरिएका ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन् ।

    निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका छन् । निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए। तिनैमध्ये बेलडाँडी क्षेत्रमा पाँचवटा क्यामरा चोरी भएका छन्। मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए ।

    बाघ गणनाका लागि राखिएका क्यामरा यसै साता संकलन गरिएको हो। बेलडाँडी क्षेत्रमा पुस १३÷१४ गतेतिर क्यामरा चोरी भएको जोशीले बताए। मालबेला क्षेत्रमा पनि हात्तीले त्यही समय आसपास एक क्यामरा तोडेको उनले बताए । कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक÷एक गरी चारवटा क्यामेरा हराएका छन् ।

    ‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामेरा फेला परेका छैनन’, उनले भने, ‘कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ।’ उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ। बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो ।

    शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो। निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ ।

    निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ। जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको छ। माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो ।

    बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ । गत वर्षको तुलनामा बाघको उपस्थिति उत्साहजनक देखिएको छ। गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए । निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ।

    सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य लिएको छ। शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रूपमा समेत परिचित छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend